Monday, March 20

आफ्नो ज्यानको प्रवाह नगरी खाली खुट्टै दुर्घ, टनास्थलमा पुगेर जल्दै गरेका यात्रुलाई उद्धार गरेका विकाशलाई मिल्यो यति ठूलो स, म्मान (भिडियो सहित)

January 18, 2023 242

पोखरा । म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर

(सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ ।

चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ । म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें । सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।

मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो । घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् । प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे ।

उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो । पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् ।

सबै भिडियो बनाएर बसे । अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें ।

उनको यसकामको लागी धेरैले जयजयकार मात्र गरेनन् आज उनले सम्मान पनि पाएका छन्। बाकी हेर्नुहोस तलको भिडियो ।

प्रतिकृया दिनुहोस्