काठमाडौँ – कुमारी आमा भनेर चर्चा पाएकी निहारिका राजपूतले शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी छिन् । मिलापत्र गरेका यो जोडी अहिले विवाहको तयारीमा छ ।
उनीहरुको बिहे यो हप्ता भित्रै हुने निश्चित भएपछि उनीहरु बिहेका लागि किनमेल गर्न निस्किएका छन् । बुधबार अपराह्न ४ बजे उनी बर्दिवासमा किनमेल गरिरहेको अवस्थामा पति शिबराजसँगै भेटिइन् ।
तर, ठीक तीन महिना अघिसम्म शिवराज र निहारिकाबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएपछि उनले काठमाडौँमा आएर पटक पटक धर्ना बसेर अधिकारकर्मीको सहायता लिएर दबाब दिइन् र अधिकार पाउने अवस्थामा पुगेकी हुन् ।
माघ १६ गते नै शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा मिलापत्र भई अब ‘श्रीमान्–श्रीमती’ मिलेर बस्ने र मुद्दा फिर्ता लिने मिलापत्र भएसँगै बलात्कार मुद्दाको पुनरावेदनको निवेदन पनि प्रभावित हुने भएको छ ।
निहारिका आफैँले अदालतमा निवेदन दिई आफूहरू मिलेर बस्न लागेको अदालतमा जानकारी गराएकी छिन् ।मिलापत्रपछि यसै हप्ता श्रेष्ठसँग विवाह गर्न लागेको राजपुतले बताएकी छन् ।
‘ बिआन छोरा शिबरालाई झुक्किएर फोन गरेपछि यी दुई बिच भेट भएको र र बिहे गर्ने सँगै गर्ने निर्णयमा पुगेका हुन् । मिलाउनेभन्दा पनि दुवैतिर बिगार्ने मान्छेहरुले खेलेको आफुहरु पनि परिपक्व नरहेको उनीहरुले बताए ।
प्रतिकृया दिनुहोस्