Monday, March 20

जब गायक ढुंगा बोक्न मेयर हर्क साम्पाङ्गको नगरको पोकुवागोला पुगे (भिडियो सहित)

February 5, 2023 148

धरान: पछिल्लो समय युवा पुस्ता माझ चर्चित गायक हुन्, एकदेव लिम्बु ।

आँखामा आउने सपनी.., आ है.., तिम्रो मुटुमा.., गाजल टिकी…, क्या राम्री.. लगायतका उनका गीतहरु चर्चित छन् । आ है..बोलको गीतको दोस्रो भागको भिडियो सुटिङको क्रममा उनी धरानमा थिए । सुटिङ शुक्रबार सकियो ।

शनिबार फुर्सद भएपछि उनी पनि श्रमदान गर्न पकुवा खोला पुगे । जहाँ उनले मेयर हर्क साम्पाङसँगै ढुंगा बोके । श्रमदानमा सयौं मानिसहरुसँगै आएको देखेर उनी छक्क पनि परे । ‘मेयर हर्क साम्पाङले राम्रो काम गर्दै हुनुहुन्छ, अभियान पनि राम्रो छ ।

ासबैले उहाँको कामलाई तारिफ र प्रोत्साहन गरिरहेको छ । यति धेरै मानिसहरु आउनु भएको छ, म त छक्क परे,’सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले भने । श्रमदानमा जोडिन पाउदा खुशी लागेको पनि उनले बताए । साथै, उनले श्रमदाताहरुको मेहनत सफलतामा परिणत भएको आफुले हेर्न चाहेको पनि बताए ।

गायक लिम्बु पनि श्रमदानमा आएकोमा खुशी व्यक्त गर्दै मेयर साम्पाङले आफ्नो उद्देश्य सबैले श्रम(काम) गर्नुपर्छ भन्ने रहेको बताए । श्रम गरेमात्र देशमा समृद्धि आउने पनि उनले दोहोर्याए । ‘मलाई ढुंगा बोक्ने कुरा मात्र गर्छ भन्छन्, तर त्यो मेरो सांकेतिक आह्वान हो । काम गर्नुपर्छ, श्रम गर्नुपर्छ भन्ने अभियान हो,’उनले भने ।

भिडियो:

प्रतिकृया दिनुहोस्