Saturday, June 3

बलिउड अभिनेता अक्षय कुमारले तीन मिनेटमा यस्तो काम गरेर राखे गिनिज वर्ल्ड रेकर्ड

February 23, 2023 303

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका छन्। तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै बलिउड अभिनेता अक्षय कुमारले गिनिज विश्व कीर्तिमान राखेका छन् ।

मुम्बईमा बुधबार आयोजित समारोहमा अक्षयले कीर्तिमान रचेका हुन् । रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज प्रमाणपत्र पनि प्रदान गरिएको छ । आफ्ना खतरनाक स्टन्टको कारण चर्चामा आउने अक्षय यसपटक चाहिं सेल्फीले चर्चामा आएका हुन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी’ पनि शुक्रबार विश्वव्यापी प्रदर्शन हुँदैछ ।

राज मेहता निर्देशित यो फिल्ममा उनले पहिलोपटक इमरान हासमीसँग स्क्रिन सेयर गरेका छन् । धेरै सेल्फी खिचेर अक्षयले अमेरिकाका जेम्स स्मिथको १६८ वटा सेल्फीको रेकर्डलाई तोडेका हुन् । हलिउड अभिनेता डाउने जोन्सनले पनि लण्डनमा आयोजित फिल्मको प्रिमियरमा तीन मिनेटभित्र १०५ वटा सेल्फी खिच्दै रेकर्ड राखेका थिए ।

यो अनौठो कीर्तिमान तोड्न पाउँदा खुसी व्यक्त गर्दै अक्षयले आफू उत्साहित भएको बताए । उनले भने, ‘यो अनौठो विश्व कीर्तिमान तोड्न पाउँदा र मेरा फ्यानसँग यो पल साझा गर्न पाउँदा म उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको सबै कुरा र मेरो जीवनको यो क्षणमा जहाँ छु, त्यो मेरा फ्यानको निःसर्त माया र समर्थनको कारण हो ।

यो उनीहरुका लागि श्रद्धा व्यक्त गर्ने एक शैली थियो जसले जीवनभर मेरो करिअरमा उभिएर मलाई माया गरे अनि स्वीकार ।’ अक्षयको फिल्म ‘सेल्फी’ आगामी शुक्रबारदेखि प्रदर्शन हुँदैछ। राज मेहताले निर्देशन गरेको फिल्ममा उनीसँगै अभिनेता इमरान हाशमीको पनि मुख्य भूमिका छ।

यो पनि.. कान्छी अब छिटै आमा बन्दैछिन्, म धेरै खुसी छु भन्दै कान्छीकी आमा मिडियामा (भिडियो सहित)

कलाकार आशा खड्का ‘सुकुमाया’ वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले छायाँकार तथा कलाकार सागर गौतमसँग जीवनको नयाँ अध्याय सुरु गरेकी हुन् ।

उनले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत आफ्ना श्रीमानसँगको फोटो सार्वजनिक गर्दै वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएकी हुन् ।

श्रीमानको तस्विरसहित उनले आफ्नो फेसबुकमा जीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएकी छन् ।त्यस्तै विवाह पछि उनी पहिलोपटक श्रीमानसहित मिडियामा समेत आएकी छिन।

यसै क्रममा कान्छि अब छिटै आमा बन्दै छिन् म धेरै खुसी छु भन्दै, कान्छीकी आमा मिडियामा आएकी छिन।

ढिलो चाडो जति समय भएपनि १/२ बर्षमा कान्छी आमा बन्छिन भनेकी छिन्। कान्छी(आशा) र सागरको जोडीको धेरै तारिफ गरेकी छिन्। भिडियो हेर्न यहाँ थिच्नुहोस्

सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी : राष्ट्रपति काठमाडौँ, ११ फागुन (रासस) :
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७५आँै वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले बदलिँदो परिवेशअनुरूप नेपालको कूटनीतिक सम्बन्ध सन्तुलित तवरबाट सञ्चालन हुनुपर्ने बताउनुभयो । “बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा यस्ता फोरममा छलफल हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

एकातिर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकासले मानव जीवनलाई सहज र सुखी बनाउन योगदान पुगेको छ भने अर्कातर्फ विश्वव्यापी रूपमा अभूतपूर्व चुनौतीको सामना गरिरहेको भन्दै राष्ट्रपति भण्डारीले भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको सङ्कटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको उल्लेख गर्नुभयो ।

उहाँले आत्मनिर्भर, स्वावलम्बी र स्वाधीन अर्थतन्त्रको विकासमा वर्तमानको अन्तरनिहीतलाई चिर्दै नेपालको उपस्थितिलाई अर्थपूर्ण र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । नेपालले सदैव आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता अक्षुण्ण राखेको भन्दै परराष्ट्र नीतिमा व्यापक साझा सहमति तथा एकीकृत दृष्टिकोण निर्माण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । “बदलिँदो आन्तरिक तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी आफ्नो राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति सञ्चालन गर्नु हाम्रो प्राथमिकतामा पर्नुपर्दछ । नेपालको संविधानले निर्दिष्ट गरेको मुलुकको शासन सत्ता, अखण्डता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य नेपाल र नेपाली जनताको हित प्रवर्द्धन गर्नु हो भन्दै अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्न र सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न प्रभावकारी कूटनीतिको माध्यमबाट अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भूपरिवेष्टित राष्ट्रको पारवहन अधिकारको पैरवी तथा पर्वतीय मुलुकको विकाससम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन नेपालले निरन्तर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले दिगो शान्ति, समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नेपालले आर्थिक सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय विकासको आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । आर्थिक विकास, वैदेशिक लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र निर्यात प्रवर्द्धनमा राष्ट्रिय विकासलाई अन्तर्राष्ट्रिय सद्भाव र सहयोग अभिवृद्धिका लागि ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनसँगको मित्रवत सम्बन्धलाई थप प्रगाढ तुल्याउँदै पारस्परिक लाभका आधारमा सौहार्दपूर्ण सम्बन्ध कायम गरी आर्थिक लगानी आकर्षण गर्न पहल गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भारत र चीनले आर्थिक विकासमा गरेको अभूतपूर्व उपलब्धिबाट नेपाल खुसी रहेको भन्दै यसबाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिनुभयो ।

दुई निकट छिमेकी मुलुकका साथै अन्य मित्रराष्ट्र तथा श्रम गन्तव्य मुलुकसँगको सम्बन्धलाई पनि उत्तिकै ध्यान दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालको अन्तर्राष्ट्रिय छविको प्रवर्द्धनका साथै आर्थिक विकास र सामाजिक प्रगतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त गर्न संयुक्त राष्ट्रसङ्घलगायत संस्थासँगको सम्बन्धलाई सुदृढ तुल्याइनुपर्ने खाँचो औँल्याउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुरूप सार्वभौम समानताको सम्मान, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान सबै राष्ट्रले आत्मसाथ गर्दै अन्तर्राष्ट्रिय शान्ति र विवादरहित समाधानका लागि कूटनीतिक सम्वादका रूपमा पहल गरिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले विश्व शान्ति, असंलग्न र पञ्चशीलमा आधारित नेपालको परराष्ट्र नीतिलाई सुदृढ बनाउने उद्देश्यका साथ सकारात्मक गोष्ठी र छलफलजस्ता महत्त्वपूर्ण कार्यक्रम गर्दै आएकोमा संस्थाको सराहना गर्दै आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिन आग्रह गर्नुभयो । राष्ट्रपतिले देश र विश्वमा भएका परिवर्तनका सन्दर्भलाई ध्यानमा राखी यस्ता सार्वजनिक मञ्चले परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय मामिलामा वस्तुगत तथा सान्दर्भिक पक्षमाथि छलफल र बहस गर्नुपर्दछ भन्दै यसले परराष्ट्र नीतिमा साझा दृष्टिकोण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले नेपालले सन्तुलित कूटनीतिको माध्यमबाट विश्वपरिवेश जटिल बनिरहेको आजको सन्दर्भमा शान्ति प्रवर्द्धनका निम्ति सकारात्मक र समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले कूटनीतिक बहस र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । सो अवसरमा परिषद्ले प्रकाशन गरेको स्मारिका राष्ट्रपति भण्डारीले विमोचन गर्नुभएको थियो । त्यस अवसरमा कूटनीतिक तथा आर्थिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै परिषद्ले डा थापालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस्