Saturday, June 3

नायक पल शाह छुटेपछि गायिका ज्योती मगर खुशी हुदै यस्तो सम्म भन्छिन् हेर्नुहोस जस्ताको तस्तै…

February 27, 2023 214

आइतबार उच्च अदालत कास्कीले पल शाहविरुद्ध जबर्जस्ती करणीको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि सोमबार विहान ११ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनी दमौलीको तनहुँ कारागारबाट रिहा भएका छन् ।

उनको स्वागतमा बहिनी र नजिकका साथीभाई कारागार पुगेका थिए भने कारागारबाहिर पलको रिहाइको खुसीमा प्रशंसकहरुको ठूलो भीड लागेको थियो । रिहा भएपछि पलले सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै ‘सबैलाई धन्यवाद’ भनेका छन् । उनी साढे १२ बजे बहिनी र साथीभाईको साथमा दमौलीबाट पोखरातर्फ प्रस्थान गरेका छन् ।

उनी भोलि पोखराबाट हवाई मार्गमार्फत् काठमाडौं आउने बताइएको छ । जेलमुक्त भएपछि उनी अत्यन्त खुसी देखिएका थिए । उनले आफ्नो समर्थकहरुलाई हात हल्लाउँदै धन्यवाद प्रकट गरे । उनलाई उच्च अदालत पोखराले सफाइ दिएकोमा पूजा शर्मा, जोति मगरदेखि रमेश उप्रेतीसम्मले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । जोति मगरले आज फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्:

म आज 5 भाइहरु को बारे मा सोच्दै छु । हैन तिमी हरु ले के पायौ त हिरो त रिहा भयो त त्यो पनि डबल सान को साथमा दमौली को भिडियो हेरेउ कि हेरेनौ केटा हो??? झोला बोकायर दाङ तिर लखेट्ने भन्दै अनामनगर मा योजना बनाउदै थियौ त #आयो_तेरो_सर_बाटो_खाली_गर… welcome back मेरो भाइ ।

साथै उनले हिजो पनि अर्को स्टाटस लेखेकी थिईन पढ्नुहोस : अन्तत उच्च अदालत ले पल शाह लाई सफाइ दियको छ… थ्याक्कै १ बर्ष अगाडि उनी निलो ज्याकेट लायर दमौली को थाना मा प्रवेश गर्दै गर्दा जसरी हाम्रो आशु झरेको थ्यो जिउ भरी काडा उम्रेको थ्यो आज सफाइ पाउँदा त्यसरी नै आशु झरेको छ फरक यति हो त्यो दुख को थ्यो यो खुशीको।

को ले के तर्क बितर्क गर्छ मलाइ बाल छैन बस बाल छ त हाम्रो दङ्गाली केटो देश को हिरो ले सफाइ पायो। पल लाई एउटा सानो सल्लाह तिमी हिरो नै हौ त्यो एउटा झुण्ड छ नि हो त्यो झुण्ड मा सामेल चै नहुनु है यी भनेका आफै बोक्सी आफै झाक्री हुन ।

हिजो समिक्षा लाइ उचाले आज तिमी ले रिहाइ पाउने बेलामा तिमिलाइ उचाल्दै छन। मित्रताको खोल ओडेका यी कलङ्क हरु फेरि सल्बलाउदै छन यस्ता बेइमानी हरु दुस्मन भन्दा नि घातक हुन्छन । अरे यार दोस्ती निभाउ या दुस्मनी इमान्दारिता सिद्दत का साथ निभाउ न आफै ले गेम खेलेर भित्र हाल्ने आफैले सहयोग गरे जस्तो गर्ने कलङ्क हरु को कहिलै बिस्वास नगर्नु।

जसको कारन ले तिमी 1 बर्ष यानकि 365 दिन कालो कोठरी मा गुजार्नु पर्यो त्यो झुण्ड त्यि कुलङ्गार त्यि कलङ्कहरु लाई देखाइदेउ tiger is back भनेर हेर न त्यि कुत्ता हरु कसरी डुम हल्लाउदै पछि पछि दगुर्छन… अन्तत मुटु देखि नै welcome back मेरो भाइ।

प्रतिकृया दिनुहोस्