Saturday, June 3

नायक पललाई गायक राजेश पायलको सुझाव..

March 1, 2023 211

काठमाडौँ । अभिनेता पल शाह होलो सोमबार रिहा भएका छन् । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि सोमबार कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए । रिहा भएपछि आज स्वागत गर्न पुगेका गायक राजेश पायल राईले अभिनेता पल शाहलाई नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्नुपर्ने बताएका छन्।

उनले भने, ‘नेपाली माटो परिवेशकै कथाहरु नै ज्यादातर महत्व दिएभने त्यो उनको लागि पनि राम्रो र हाम्रो लागि पनि राम्रो कुरा हो। उनले नेपाली माटोको कथा बोकेको चलचित्रमा नै काम गर्नेछन्। गीतसंगीत पनि त्यही प्रकारको गर्नेछन्। भाइरल भन्दापनि नेपाली गीत, संगीत उद्योगलाई टेवा पुग्ने काममा नै लागि पर्नेछन्।’

पल शाहविरुद्ध जबर्जस्ती करणीको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि सोमबार विहान ११ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनी दमौलीको तनहुँ कारागारबाट रिहा भएका थिए । सोमबार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह हिजो मंगलबार काठमाडौं आएका हुन्।

प्रतिकृया दिनुहोस्