Saturday, June 3

मंगलवार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडिन् गायिका समीक्षा अधिकारी,

March 9, 2023 394

चर्चित गायिका समीक्षा अधिकारी अस्ट्रेलिया उडेकी छिन् । उनी गत मंगलवार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया प्रस्थान गरेकी हुन् ।

दिदी शर्मिला खत्रीसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई बिदाई गर्दै गरेका केही भिडियोहरू यतिबेला टिकटकमा चर्चामा छन् । विभिन्न टिकटक अकाउन्टहरुबाट सार्वजनिक उनलाई बिदाई गरिएका भिडियोहरूको क्याप्सनमा अस्ट्रेलिया बसाई सुखमय रहोस् भनिएको छ ।

उनलाई खादासहित बिदाई गरिएको भिडियो एवं तस्वीरहरूलाई लिएर शुभचिन्तक एवं फ्यानहरुले विभिन्न अड्कल काटिरहेका छन् ।

कतिले उनी अब उतै बस्ने गरी गएको अड्कल गरेका छन् भने कतिपयले कार्यक्रमका लागि गएको हुनसक्ने अड्कल गरेका छन् ।

गायिका समीक्षाले भने यस प्रसंगमा केही जानकारी दिएकी छैनन् । उनी निकटस्थहरुका अनुसार समीक्षा कार्यक्रमहरूमा सहभागी हुन अस्ट्रेलिया उडेकी हुन् । उनी अब झन्डै दुई–तीन महिना उतै रहने बताइएको छ । उनकी दिदी शर्मीला भने आएल्स गरेर अस्ट्रेलिया उडेको बताइन्छ ।

समीक्षा नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका हुन् ।
उनले गाएका ‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’, ‘माया मारेर’, ‘आधी कपाल’, ‘तिम्रै मायाले’, ‘पिपलु बर’, ‘नबोली नबोली’, ‘पछ्यौरी लिस्यो’, ‘धनगढीको बसमा’ लगायतका थुप्रै गीत हिट छन् ।उनले गाएका केही गीतहरू सार्वजनिक हुने तयारीमा समेत छन् ।

प्रतिकृया दिनुहोस्