Saturday, June 3

भाईरल कुरा धेरै टिक्दैनन् – ‘काँचा बदाम’ भाइरल गायकको आयो यस्तो खबर…

March 12, 2023 104

चाहे नेपाल होस् या भारत भाइरल कुरा लामो समय टिक्दैन भन्ने उदाहरण नेपालमा प्रशस्तै छन् । सडकबाट टिपेर रा’ता’रात पैसा कमाउन भाइरल बनाइन्छ ।

उनीहरूबाट सीमित स्वा’र्थ बटुलेपछि फेरी सडकमै जान बा’ध्य बनाइन्छ । छिमेकी देश भारतमा पनि त्यस्तै रा’ता’रात भा’इरल भएका व्यक्ति फेरी सडकमै पुगेका छन् ।

तपाईंले टिकटकमा भाइरल भएको गीत ‘काचा बदाम’ अवश्य सुन्नुभएको छ । संसारभर यो गीत यति चर्चित भयो कि यो गीतका गायक भुवन बाड्याकर रा’ता’रात संगीत स्टार बने । तर यतिबेला ती भाइरल स्टार जिरोमा झरेका छन् ।

‘काचा बदाम’ हिट हुनुअघि ठेलागाडामा बदाम बेचेर गु’जा’रा गर्ने भुवन क’पी’राइट लगायतको वि’वादले पुनः पुरानै अवस्थामा फर्किएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले अहिले ठेलामै पुनः बदाम बेच्न थालेका छन् । भारतको पूर्वी बंगालको वीरभूम जिल्लाको दु्रबाजपुरका बासिन्दा उनी टिकटककै कारण हि’ट भएका थिए ।

सन् २०२२ को फेब्रुअरी ५ मा उनले टिकटकमा पोस्ट गरेको उक्त गीत टिकटकसहित फेसबुक र इन्स्टाग्राममा हि’ट भयो । उनलाई कार्यक्रममा गाउन निम्तो गरियो भने उनले मनग्य पैसा पनि कमाए ।

देश, विदेशबाट उनले राम्रो पैसा कमाए । तर उनको ख’रा’ब दिन त्यसबेला सुरु भयो जतिबेला उनले भूलवश क’पीराइट अधिकार बिक्री गरे ।

गोधुली बेला म्युजिक युट्युब च्यानलका गोपाल घोषले भुवनलाई फ’काएर कागजमा हस्ताक्षर गर्न लगाएपछि उनको ओ’रालो त्यहींदेखि सुरु भयो । नयाँ गीतको अफर आएको भन्दै भुवनलाई कागजमा साइन गर्न लगाए । जसअनुसार नयाँ गीतबाट आएको ६० प्रतिशत कमाइ भुवन र ४० प्रतिशत युट्युबले राख्ने भनेर उनले फकाए ।

त्यतिबेला तीन लाख भारु साइनिङ अमाउन्ट पनि भुवनले पाएका थिए । बाँकी पैसा पछि दिइने स’र्त राखियो तर कागजमा चाहिं क’पी’राइट बिक्री भएको व्यहोरा उल्लेख भयो ।

भुवनले आफूले अंग्रेजी नबुझेकाले झु’क्याएर हस्ताक्षर गर्न लगाइएको बताएका छन् । यो घ’टनापछि भुवनलाई कार्यक्रमबाट निम्तो पनि आउन छाड्यो र भिडियो राख्नेलाई क’पी’राइट पनि लाग्न थाल्यो ।

अहिले यो घ’ट’नापछि उनी पुनः गाउँमै फर्किएर ठेलागाडामा बदाम बेच्न थालेका छन् । उनले स्थानीय प्रहरीमा उ’जु’री दिएपनि अबको प्रक्रिया के हुन्छ भन्नेबारे खुलाइएको छैन । नेपालमा समेत ‘काचा बदाम’ निकै भा’इरल भएको थियो । पोलिटिक्स दै’नि’क बाट ।

प्रतिकृया दिनुहोस्