काठमाडौं -कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । सामाजिक संजाल फेसबुकमा एकलामो सटाटस लेख्दै उनले यस्तो बताएकी हुन् । उनले नग्न तस्बिरहरू आउनुका साथै आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात हुन थालेको बताएकी छन् ।
उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’ उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् ।
हाल धुर्मुस–सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोधको केन्द्रमा छन् । केही दिन पहिले धुर्मुसलेपनि सामाजिक र्सजामाएक भिडिायो पोस्ट गर्दै मानसिक याताना भएको बताएका थिए ।
उनले लेखेकी छिन्- अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा। मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात भएको छ, बिभिन्न तुझ्छ गालीको बर्सात भैईरहेको छ। म पनि मान्छे हु,धेरै मन दुखेको छ राज्य र राष्ट्र संग ।
धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु । अब सुन्ने र सहने शक्ति छैन म मा ,कि मलाई सफाई देउ कि सजाय! तर जे गर्छौ छिटो गर ।
प्रतिकृया दिनुहोस्