Saturday, June 3

थप जोस र जाँगरका साथ आएको छु दर्शकको माया कहिल्यै भुल्दिन– पल शाह

March 28, 2023 205

काठमाडौँ । अभिनेता पल शाहले दर्शकको साथ र माया कहिल्यै पनि नभुल्ने बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफूलाई विभिन्न क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा माया गर्ने दर्शकहरूलाई धन्यवाद दिँदै उनले यो मायाको सँधै कदर सम्मान गर्ने बताएका हुन् आ।गामी दिनमा पनि दर्शकको माया र सद्भावलाई आत्मसाथ गरेर अगाडि बढ्ने भन्दै उनले थप नयाँ जोस र जाँगर आएको बताए ।

उनले ओझेलमा रहँदा आम दर्शक र गृह जिल्लावासीले गरेको माया र साथलाई कहिले पनि भुल्न नसक्ने बताए । पल शाहको फिल्म करियरको विषयमा दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङकी निवर्तमान उपाध्यक्ष लीला शाह,

नेपाल पत्रकार महासङ्घ दाङका सचिव आरके शीतल, नेपाल पत्रकार महासङ्घ दाङका सह–सचिव दीप्ति शिखा चौधरी, चलचित्र पत्रकार सङ्घ दाङका सल्लाहकार शरद रेग्मी लगायतकाले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्