Saturday, June 3

गाउँमा युवालाई रोजगारीदिने वाचा गरेका वडा अध्यक्ष नै कोरिया छिरे…

March 30, 2023 394

इलाम– इलामको देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य रोजगारी सिलसिलामा दक्षिण कोरिया पलायन भएका छन् ।गत सम्पन्न स्थानीय निर्वाचनमा सो वडामा एमालेबाट निर्वाचित भएका वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका लागि कोरिया आएका हुन्।

उनी २०२२ को ईपीएस भासा परिक्षा उत्तीर्ण गरेर कोरिया गएका छन्। उनी रोजगारीको सिलसिलामा देश छाडेर कोरिया आएपछी उनको वडा सदस्यको पद रिक्त भएको छ।स्थानिय निर्वाचनमा वडा सदस्यमा जितेर देशमै सेवा गर्ने लक्ष बोकेका उनले कोरियालाई केही बर्ष मात्रै कर्मभुमी बनाउने बताएका छन।

नेपालमा सामाजिक काम गरेर मात्र गुजारा नचल्ने तथा आफ्नो आर्थिक अवस्था सुधार गर्न नसक्ने देखेर कोरिया भाषा पढेका उनले भाषा परिक्षा उतिर्ण गरेसंगै ईपिएस मार्फत कोरिया छिरेका छन। आम यूवाहरुको विदेश जानुपर्ने बाध्यता हटाउने, स्वरोजगारका अवस्था सिर्जना गर्छु चुनाव जिताउनुस भन्दै चुनावमा होमिएका हरु नै वैदेशिक रोजगारी अंगाल्नु पर्ने यो अवस्था देशकै लागी दुर्भाग्यपुर्ण छ ।

यो पनि – गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम तमुले मन्त्रालय सम्हालेको छोटो समयमै २/४ करोड कमाउने अफर आएको बताएका छन् ।तमुले यो काम गरिदिनुस्, हामी तपाईंका लागि के गर्नुपर्छ गर्छौं भन्ने मानिसहरु आउने गरेको तर आफूले अस्वीकार गरेको बताए ।

मन्त्री पदमा पुगेपछि जनताका लागि इमान्दार भएर काम गर्नुपर्छ भन्ने र केही मानिसहरु मौकामा कमाउनुपर्छ है भन्ने दुई थरी मानिस भेटेको बताए । मन्त्रालयमा मानिसहरु अफर लिएर आउनेहरु आफूले भेटेको तमुको भनाइ थियो ।‘पैसा नै ल यति भनेर नआए पनि आशय वा भाष्य चाहिँ कमाउनुपर्छ भनेर प्रलोभन आयो,’

तमुले भने, ‘इमान्दार भएर भन्छु, पैसा कमाउने सोचतिर लागेको भए, छोटो समयमै २/४ करोड कमाउने सिच्युएसन आएको थियो ।’भ्रष्ट्राचारै गर्न नजान्नेलाई बानी परेका मानिसहरुले त्यस्तै खालमा योजनाहरु ल्याइदिने गरेको पोखराको एक टेलिभिजन अन्तर्वार्तामा तमुले बताएका छन् ।

यो काम गरिदिनुस्, हाम्रो तर्फबाट गर्नुपर्ने कुरा गर्छौं भनेर भन्ने मानिसहरु मन्त्रालय आउने तमुले अनुभव सुनाए । तर, आफू त्यो समूहबाट टाढै रहेको तमुले सुनाए ।‘कुनै कामको विषयमा कसैको घरमा एक कप नि चिया खाएको भए, म त्यो घरमा नोकर बस्न तयार छु,’ तमुले भने ।

२ सदस्य रहेको राप्रपाबाट गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्वको सरकारमा तमु मन्त्री छन् । माओवादीले चैत ९ गते समर्थन फिर्ता लिएपछि अधिकारीले १ महिनाभित्र विश्वासको मत लिँदैछन् । तर, केन्द्रमा सत्ता परिवर्तन भएसँगै केन्द्रमा समर्थन फिर्ता लिए पनि प्रदेशमा सरकार नछोड्न केन्द्रीय नेतालाई आफूले कन्भिन्स गराएको तमुले बताए ।

मन्त्रालयमा आफूले केही काम सुरु गरेको र केही दिनभित्रै पूरा गर्न सकियो भनेर आफू लागेको तमुले बताए । तमुले तत्काल राजीनामा दिनुभन्दा पनि अझै काम गर्न चाहेको बताए ।८० प्रतिशतभन्दा बढी बजेट केन्द्रकै भरमा बस्नुपर्ने बाध्यता प्रदेशलाई रहेको तमुले बताए । संघीयता खारेजीको पक्षमा रहे पनि आफ्नो पार्टीले प्रदेशबाट जनताको पक्षमा काम गरेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्