Saturday, June 3

अभिनयमा फर्किएका पल शाहले लेखे यस्तो स्टाटस

April 8, 2023 144

काठमाडौं । अभिनेता पल शाह अभिनयमा फर्किएका छन् । एकवर्षको कारागार बसाइपछि उनी औपचारिकरुपमा अभिनयमा फर्किएका हुन् । ‘आँसु बनि नखस कैले नि’ बोलको गीतको छायाकंनका लागी उनी मुस्ताङमा पुगेका छन् ।

पलले सामाजिक संजाल फेसबुक मार्फत काममा फर्किए जानकारी गराएका हुन् । गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् । पलले हालै रुकुम महोत्सवको क्रममा गतवर्ष रिलिज भएको पुष्पन प्रधानद्वारा गाइएको उक्त हिट गीतको दोस्रो सिक्वेलबाट आफू काममा फर्कन लागेको बताएका थिए ।

यो पनि… बाँके । भनिन्छ – आमा महान् हुन् । कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा ९एसईई० शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन् ।

कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छिन् । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन । अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ ।’

शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन् । तर, गाउँमा मान्छे मरेकाले उनले सोचेअनुसार हुन सकेन । उनले भनिन्,’गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन । खसी बिक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ ।’ यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्