
नायक पल शाह प्रकरणमा पूर्व मिस नेपाल श्रृङ्खलाले यसो भनिन्
Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं-पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् ।
प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् । यसैबिच पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पनि पीडित बालिकाको पक्षमा खुलेरै बोलेकी छन् ।
उनले एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित भएको बताएकी छन् । यस्ता कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुन सक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् वा जसले महसुस गर्छन् कि उनीहरुसँ