
टिक-टक क्रेज: दुइनो भैंसी बेचेर टिकटकमा रमाईरहेकी रंगादेवी, टिक-टक लाइभ बस्न दैनिक… !
Posted in मनोरंजन
टिकटक पछिल्लो समय निकै लोकप्रिय एप्स बनेको छ । टिकटकले यसरी मोहनी लगाएको छ मानिसलाई खाना खादा, हिड्दा साथीसँग भेड्दा , कार्यालयमा काम गर्दा समेत टिकटकमै व्यस्त रहेका हुन्छन् । ५ मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो टिकटकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रिय बनेको छ ।
टिकटकमा गरेको अभिनयबाट केही चर्चित बनेका छन् भने कोही त्यही टिकटककै कारण विवादित पनि बनेका छन् । टिकटक क्रेजकै कारण अछामको मेल्लेख गाउँपालिका–४ ठाँटीकी ५४ वर्षीया रंगादेवी बुढा दुइनो भैंसी बेचेर पनि टिकटक चलाउदै आएकी छन् ।
उनी एक बर्ष अघिदेखी टिकटक चलाउदै आएकी छन् । सामान्य प्रौढ कक्षा मात्र पढेकी रंगादेबी सुरुमा घरमा छोराछोरीले टिकटक बनाएको र टिकटकमा रमाएको देखेपछि टिकटक तर्फ चासो राखिन् । छोरीलाई टिकटक चलाउन सिकाई मागिन् र उनको टिकटक एकाउन्ट rangadevibudha123 नाम रहेको छ ।
टिकटक सुरुमा खाली समय विताउने