
बिरामीलाई नै मृ’ त्युदण्ड दिन थालियो ! श्रीलङ्कामा औषधिको चरम संकट
Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन् ।
जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन् ।
श्रीलङ्काले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि सङ्कटका कारण विदेशी मुद्रा सञ्चिति सकिएको छ । औषधि भण्डार र पसल रित्तिएका छन् भने स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने अवस्थामा पुगेको छ ।
राजधानी कोलम्बोको बाहिरी भागमा रहेको ९५० शय्याको एपेक्षा क्यान्सर अस्पतालमा परीक्षण र शल्यक्रियालगायत प्रक्रिया स्थगन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ भने औषधि अभावका कारण बिरामी, तिनका आफन्त र चिकित्सक असहाय महसुस गरिरहेका छन् । क्यान्सरका बिरामीका लागि यो स्थिति ज्यादै जटिल भएको डा रोशन अमरतुङ्गा बताउँछन् ।