
नवनि’ र्वाचित मेयरको निर्देशन : “दलमा लागेका शिक्षकहरुले ७ दिनभित्र रा’ जीनामा दिनु”
Posted in समाचार
बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आवद्ध सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजीनामा दिन निर्देशन दिएको छ। नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले सामुदायिक विद्यालयहरुलाई पत्र काटेर राजनीतिक दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरुलाई राजीनामा गर्न लगाउन निर्देशन दिएका हुन्। उनले दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरुको राजीनामाको विवरण सात दिनभित्र नगरपालिकामा बुझाउन पनि भनेका छन्।
‘शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरित गर्ने यस राजापुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गरिन