
अब तत्काललाई ७ लाख मै ३८ लाख रुपैयाँ पर्ने इलेक्ट्रिक कार चड्न सकिने..
Posted in बिज्ञान प्रबिधि
काठमाडौं । सिजी मोटर्सले चाडपर्व विशेष अफर ल्याएको छ । इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले दशैं तिहार लक्षित अफर ल्याएको हो ।
उक्त अफर अन्तर्गत नेटा भी खरिद गर्ने सम्पूर्ण ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको स्किम प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार बम्परमा तीन जना भाग्यशाली विजेताले टीभी, होलिड टुर र रेफ्रिजिरेटर उपहार पाउन सक्नेछन् ।
चिनियाँ इभी निर्माता होजोन मोटर्सले उत्पादन गर्ने यो कारलाई ग्राहकले ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्ट गरी बाँकी रकमलाई सरल किस्तावन्दिमा खरिद गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
यो कार नेपाली बजारमा ३८ लाख रुपैयाँ मूल्य निर्धारण गरिएको छ । १ लाख ४० हजार रुपैयाँ बराबरको स्किममा कम्पनीले ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत उपलब्ध गराउने बताएको छ ।
यसैगरी ३ जना भाग्यसाली विजेताले उपहारम